Question/Answer
‘स्वीकारोक्ति’ले खास सत्य छैन भनेको छ, के स्वीकारोक्तिले सत्यलाई स्वीकार्दैन हो ? र ‘अस्तित्वहरुको न्यायिक सम्बोधन’को आधार बस्तुगत यथार्थ वा वस्तुको रूप, के हो ?
असत्य पनि आफैमा सत्य हो | यस मानेमा हरेक कुरा सत्य हो तर खास सत्य के हो ? मानौं तपाईको आफ्नो उपस्थिति, अर्ध सत्य होइन किन कि तपाई जो हुनुहन्छ, जति हुनुहन्छ, जस्तो हुनुहन्छ त्यती हुनको लागी सम्पूर्ण सत्य मौजुत छ तर यसको अर्थ यो पनि होइन कि यो नै पूर्ण सत्य हो किन कि तपाई आज हुनुमा सताब्दियौं देखिको सम्बन्ध छ, सयौं/हजारौं चिजहरु सम्बन्धित छन् | अब मनन गरौँ – खास के हो; तपाई हो कि तपाईलाई निर्मित अन्तरसम्बन्धित विषयहरू ? हामीले सत्यलाई अस्वीकार गरेको होइन, सत्य छ भन्ने वास्तविकतालाई नकारनै सकिन्न बल्कि कति सम्मलाई चाहिँ पूर्ण सत्य मान्ने ? भन्ने प्रश्न हो |
वस्तुहरूको उत्पति, विकास र विनासको वैज्ञानिक नियमको खोजि भनेको ठोस बस्तु छ भन्ने विस्वश्लाई साबित गर्न भौतिक संरचना र व्यवहारको पद्धतिबद्ध अध्यान हो | त्यसैले बैज्ञानिक अनुसन्धान र खोज भन्नु नै वस्तुपरक यथार्थमा आधारित तलास हो | वस्तुगत यथार्थ होस् या वस्तुको रूप यी दुवैलाई वस्तुपरक वास्तविकताको आधारमा ब्याख्य विश्लेषण गरिन्छ | अर्को तर्फ भौतिक उपस्थिति बिनै अस्तित्वमा रहेका अमूर्त वास्तविकताहरू छन् जसलाई विज्ञानको परिक्षणले प्रमाण गर्न सक्दैन, जस्तै कि मनले कति दुरीसम्म कुन रफ्तारमा कल्पनाको यात्रा गर्न सक्छ? अलौकिकताको कुरा त झन् विज्ञानले छैन भन्छ | हो, अमूर्त वास्तविकता – मूर्त वास्तविकता दुई धुर्बिया सत्य छन् र यी दुई बीच बैचारिक अंतर्विरोध र संघर्ष छ | यही यथार्थ धरातलको बिचमा उभिएर ‘स्वीकारोक्ति’ले प्रश्न गर्छ : हामीलाई प्राप्त ज्ञान त हाम्रो ज्ञानेन्द्रीयले चल्पाउने र बोध गर्न सक्ने साँघुरो र सीमाबद्ध यथार्थको धरातलमा आधारित हुन्छ भने अपर्याप्त चेतनाको भरमा हामीले जुन व्यख्या विश्लेषण गर्छौ के त्यो अन्तिम सत्य हुन सक्छ त ? हाम्रो चेतना देखि बाहिर केही छ भने त्यसको वस्तुगत यथार्थको प्रत्यक्ष प्रमाण धर्म स्वयंले पेस गर्न सक्छ ? यसबाट ‘स्वीकारोक्ति’को एउटा निस्कर्ष के हो भने जीवन, जगत, यो ब्रामंडा आदिलाई हेर्ने पाटाहरू स्वयंमा अपूर्ण र अंतर्बिरोधि छन् | त्यसैले वस्तुको व्यख्या विश्लेशण हुनु आवश्यक छ तर यसमा मात्र निहित हुनु न्यायिकताको हकमा निर्णायक हुन सक्दैन | जस्तै कि हिटलर(Adolf Hitler) निरंग्कुश तानाशाह थिए तर व्यख्या विश्लेषण गर्दै जादा उनी निरंग्कुश नभेटिन पनि सक्छ | जर्मन नागरिक चुनिएकाहरुको खुसीको लागि उनले यो संहार गरेका थिए | आफ्नो शक्ति र देश विस्तारको निम्ति थियो त्यो, उनको बुझाइमा यो सहि थियो | यदि उनलाई यो गलत हो भन्ने लागेको भए शायद ग्यास च्याम्बरमा थुनेर मानिसको हत्या गर्ने थिएनन् कि ? रावणको उत्पति, विकास र बिनास यी विविध पाटोलाई व्यख्या विश्लेषण गर्दै जादा उनि राक्षस मात्र होइन भगवानको रूपमा पनि भेट्न सकिन्छ तर के सबै थरिका हिन्दु समुदायले यसलाई न्यायिक मान्लान ? के हामीले हरियो भनि मानिल्याएको वस्तु हरियो नै हो भन्ने अन्तिम सत्य के छ ? त्यो अन्तत्वगोत्व निलो, पहेलो पनि हुनसक्छ | त्यसैले ‘स्वीकारोक्ति’ले यी दृष्टिकोणहरू बीच सामन्जस्यता कायम गरि सन्तुलिन वातारण निर्माणमा पहल गर्द छ |
यस मानेमा इश्वर मात्र होइन अन्य कुरालाई पनि स्वीकार्नु हाम्रो प्राथमिकता हो | (इश्वर सामान्यतया बुझिने काल्पनिक भगवान मात्रै होइन बल्कि जाति, समुदाय र देश अनुरूप अर्थ निरुपण हुने प्रतिक हो, जस्तै किराती राई जातिहरू सुम्निमा-पारुहाङ अलावा प्रकृतिलाई(खोला, पहाड, रूख-पात आदि)लाई इश्वर मान्छन, कसैले स्वयं जीवित मानिसलाई इश्वर मान्छन भन्ने स्वीकारोक्तिको बुझाई छ |) यसैमा आधारित रहेर “अस्तितवहरूको न्ययिक सम्बोधन” सार्बजनिक हितमा प्रमूख शक्तिसाली मुद्दाको रूपमा स्वीकारोक्ति’ले अघि सारेको हो | त्यसैले बिज्ञान, धर्म, राजनीति यी विविध क्षेत्र देखि बाहिर भित्रका पारम्परिक मन्यत, स्थितिजन्य आचार, सदाचार-पूर्ण नैतिक मूल्यांकन आदि यावत पक्षहरूलाई मद्यनाजर गर्दै “अस्तितवहरूको न्ययिक सम्बोधन” स्वीकारोक्तिको यो नाराले वस्तु प्रतिको सिमित केन्द्रिकृत सोच भन्द माथि उठेर वस्तुलाई गरिन्नु पर्ने उपयुक्त व्यवहारको निर्माणमा प्रयोगात्मक जोड दिदा छ |
-डेन्जोम
Leave a Reply