About SVIKAROKTI(स्वीकारोक्ति)

Some SVIKAROKTI sayings:

स्वीकारोक्ति वाणी -१
स्वीकारोक्तिले विकल्पहरुको सकारात्मक प्रयोगमा महत्व राख्दछ |
………………………………………………………………………………..
विकल्पको उपयोगिता छ तर विकल्पको कारण कुनै पनि अस्तित्वको उपस्थिति कम महत्वको वा अनावश्यक ठानिनु हुदैन | जम्मै, एक मुष्ट अनिवार्य छ, जस्तो कि मटर साइकल छैन भने साइकलले नै पनि काम चलाउनु पर्छ तर यसो गर्दा यो हुन जादैन कि मटर साइकलको महत्व कम भएको होस् |
प्रकृति विविधताले भरिएको कारण स्वाभाविक रूपमा हामीलाई छनोट गर्ने अवसर थुप्रै छ र एउटाको विकल्पमा अर्कोलाई प्रयोग गर्न सकिन्छ र परिस्थिति अनुरुप स्रोत साधनको उच्चतम उपयोग गर्ने राम्रो उपाय हो यो तर आज भएको के छ भने, यसलाई हामीले अवसरवादी हुनुमा स्थानान्तरण गरिरहेकाछौ जसको कारण हाम्रो रोजाईमा नपरेका अस्तित्वहरू प्रति अन्याय भैरहेको हुन्छ |

स्वीकारोक्ति वाणी -२
‘स्वीकारोक्ति ‘ दमन, शोषण, दासत्व…को निवारण हो ।
…………………………………….
दासत्व, दमन, शोषण जस्ता कुराहरु आफू माथि गरिएको व्यवहारलाई चेतनाले अस्वीकारदको परिणतिमा देखापर्ने मानसिक असहजता हो । यदि यी तत्वहरुलाई स्वीकारेर हेर्ने हो भने जीवन सन्तोषमा, खुसीमा, सुखमा, शान्तिमा बित्छ। अर्को हातमा ती शोषण/दमन कर्तहरुले पनि शोषण, दमन गरिएकाहरुलाई आफूसरह स्वीकारेर उचित सम्मान दिने हो भने यस्ता सवालहरुनै आउँदैन। त्यसैले ‘स्वीकारोक्ति’ दमन, शोषण, दासत्व…को निवारण हो । किन कि ‘स्वीकारोक्ति’ जहिल्यै सबैमा र सबैलाई दोहोरो लागु भएको हुन्छ।

स्वीकारोक्ति वाणी-३
‘स्वीकारोक्ति ‘ले नियमको प्रवर्द्धन गर्दछ ।
…………………………………….

किन कि नियम बिना हरेक कुरा अव्यवस्थित हुनेछ। शान्ति कायम राख्नको निम्ति, सभ्यताको निम्ति, सहजिकरणको लागि अवलम्बन गरिन्ने पद्धतिको निम्ति नियम आवश्यक छ। र यो नियम बनाईरहनु जरुरी भए पनि प्रकृतिबाट अनुसरण गरे पुग्छ। तर जुन कुरा जस्तो छ, जसरी छ, त्यसरी नै हुनु पर्नेलाई, आफ्नो योजनामा आफ्नो अनुकूलता अनुरुप चलाउन नियम बनाइन्छ भने यो प्रकृति बिरुद्ध हो। त्यसैले आफ्नो र अर्को अस्तित्व सहितलाई बाधा-व्यवधान नपुग्ने गरि मानिसले जीवन यापन गर्नु पर्छ भन्ने ‘स्वीकारोक्ति ‘को अघोषित नियम हो।

स्वीकारोक्ति वाणी -४
स्वीकारोक्तिको विशेषता सरल, स्पष्ट, पारदर्शी र प्रेमिल हुनुमा छ |
…………………………………………..

किन कि अबोध्य, रहस्य, अब्स्त्राक्ट(abstract)…हरुमा मानिस स्वीकर्यभाव दर्शाउन अल्मलिँदो रहेछ | त्यसैले स्वीकारोक्तिले जतिसक्दो अरु समक्ष्य सहज ढङ्गमा उपलब्धी हुने गरि आफुलाई सर्वाजिकरण गर्द छ | यो एक आपसमा आत्मियता सृजना गर्ने अत्यन्तै सुन्दर तारिको हो |

“एक अपस बीच रहोस, आत्मियताको कामना
शान्ति फैलिहोस, स्वीकारोक्तिको यही छ चाहना”

अस्तु

क्रमशः

-डेन्जोम

Leave a Reply

Your email address will not be published. Required fields are marked *